aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बीमितको घरमै गइ ज्योति लाइफले गर्यो बीमा दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
बीमितको घरमै गइ ज्योति लाइफले गर्यो बीमा दाबी भुक्तानी

काठमाडौ । बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दै  ज्योति लाइफ इन्सुरेन्स कम्पनीले आफ्ना बीमित स्व. जनक केसीको घरमै पुगी बीमा दाबी भुक्तानी  गरेको छ ।  कम्पनीले दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम  २० लाख रुपैया  र बोनस बापतको रकम  ५५ हजार रुपैया  गरी कुल दाबी भुक्तानी २० लाख ५५ हजार रुपैयाकोको चेक हस्तान्तरण गरेको हो ।

 ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रिय प्रवन्धक मोहन पुरीले मृतकका पिता  गुमान सिं केसीलाई उक्त चेक प्रदान गरेका छन् । कम्पनीले जनाए अनुसार स्व. केसीले ज्योति लाइफ कम्पनीको  तुलसीपुर उपशाखाबाट २०७५/१२/१२ गते १० लाखरुपैयाको  बीमाङ्कको बीमालेख लिएका थिए ।  स्व. केसीको    मिति २०७६/०६/१३ मा मोटरसाईकल दुर्घटनामा परी उपचारको क्रममा  असामयिक निधन भएको थियो । 

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा तुलसीपुर उ.म.न.पा. वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदिप खडका, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्ण बहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमल सिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका क्षेत्रिय प्रवन्धक मोहन पुरीले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता  समेत व्यक्त गरेका थिए  ।
 

प्रतिक्रिया दिनुहोस