aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफको लिलामी शेयर आइतवारसम्म भर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
सूर्या लाइफको लिलामी शेयर आइतवारसम्म भर्न पाउने

काठमाडौं । कात्तिक २४ गनेदेखि विक्रीमा आएको सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयर भर्ने आइतवार अन्तिम दिन रहेको छ ।

कम्पनीले कुल ३ लाख ९ हजार ३०२ कित्ता अवितरित हकप्रद शेयर लिलामीका विक्री खुला गरेको हो । यस अघि भदौ ८ देखि असोज १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारण तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

प्रतिशेयर रू. १०० तोकिएकाले बोलकबोल गर्दा सो भन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ सम्पूर्ण कित्ता र सर्वसाधारणतर्फ ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

बोलपत्र आवेदन फारम पाउने र बुझाउन स्थानहरुमा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र सूर्या लाइफ इन्स्योरेन्सको उपत्यका बाहिरका पर्सा, बाँके, बुटवल, कास्की, कैलाली, सुर्खेत र सुनसरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस