aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चारवटा चोरीका गाडिसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
चारवटा चोरीका गाडिसहित दुई जना पक्राउ

काठमाडौं । चोरीका चारवटा गाडी सहित २ जना पक्राउ परेका छन् । भारतबाट चोरि गरेर ल्याइएका  चोरीका ४ वटा गाडी विहीबार नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिएका छन् । 

नेपाल ल्याएर बेचेका चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली नम्बर बा १८च ३१३८ नम्बरको एस(फोर स्कारपियो, बा २१च ८७१४ नम्बरको एस-सेभेन स्कारपियो, बा११च ९७४९ नम्बरको फरच्युनर र डी एल२सी ए जेड ७७९९ भारतीय नम्बरको क्रेटा गाडी  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  
 चोरीको गाडी भारतबाट नेपाल ल्याएर विक्रि गर्नेमा गोरखाको सुलिकोट गाउँपालिका मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका काभ्रेस्थली  दीपकबहादुर बुढा ९दीपेन्द्र० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस