
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २६.३६ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको यस अवधिमा अन्य श्रोतहरुबाट हुने आम्दानी पनि १७ करोड ५१ लाख रुपैयाँबाट घटेर २ करोड ६६ लाख रुपैयाँमा मात्र नाफा भएकाे छ ।
कम्पनीका समग्र उत्पादन तथा बिक्री भने १ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा २ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ जम्मा भएको छ ।
असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १ हजार ६१ रुपैयाँ (वार्षिक) छ । गत वर्ष प्रतिसेयर आम्दानी १ हजार १२१ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ भने २ हजार ७९२ रुपैयाँ छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २ हजार ४३१ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस