
काठमाडौं, (एजेन्सी) । संसारकै सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीको रुपमा परिचित साउदी अरबको आरामको तेल कम्पनीले साधारण शेयर निष्काशन गरेको छ । साउदी अरबलाई धनी बनाउने यो कम्पनीले पहिलोपटक सर्वसाधारणको लागि लगानीको अवसर खुल्ला गरेको हो ।
सन् २०१८ मा १११ बिलियन डलर आम्दानी गरेको यो कम्पनीको अहिलेको मूल्य १.७ लाख करोड डलर कायम गरिएको छ । यो कम्पनीले साधारण शेयर मार्फत २५.६० अर्ब डलर संकलन गर्ने योजना बनाएको छ । ८६ वर्ष अघि शुरु भएको यो कम्पनीले हाल विश्व बजारमा कुल मागको १० प्रतिशत कच्चा तेल आपूर्ति गर्छ ।
नेपालीले यसमा लगानी गर्न भने सक्दैनन् किनकी नेपालबाट अन्य मुलुकमा लगानीको अनुमति छैन । तर, हाम्रो छिमेकी मुलुक भारतका नागरिकले भने २८ नोभेम्बर सम्म शेयर खरिद गर्न पाउने छन् । साउदी अरबका नागरिकको लागि भने ४ डिसेम्बरसम्मको समय दिइएको छ । आइतबार १७ नोभेम्बेरदेखि आवेदन खुल्ला गरिएको यो कम्पनीको शेयर मूल्य ५ डिसेम्बरमा तय गरिने जनाइएको छ । डिसेम्बर ११ तारिखदेखि यसको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ ।
साउदी आरामका कम्पनीे भारतको ठूलो कम्पनी रिलायन्सभन्दा १३ गुणा ठूलो कम्पनि छ । त्यसो त साउदी राजकुमार मोहम्मद बिन सलमान यसको मूल्य २ ट्रिलीयन डलर कायम गर्न चाहन्थे । तर, बैंकर्सहरुले त्यो स्वीकार गरेनन् ।
आरामको कम्पनीले बताएअनुसार यो कम्पनी आफ्नो १.५ प्रतिशत अर्थात ३ अर्ब डलरको शेयर बिक्री गर्न चाहन्छ । प्रतिशेयर मूल्य ३०.३२ रियल अर्थात् ८ डलर कायम गरिएको छ । समाचारमा जनाइएअनुसार यदी आरामकोले चाहे अनुरुपको लगानी जुटाउन सक्यो भने यसले २५.६० अर्ब डलर रकम संकलन गर्नेछ । यदी त्यस्तो भएमा यसले अलिबबाले बनाएको २५ अर्ब डलरको रेकर्ड समेत तोड्ने छ र नयाँ रेकर्ड कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस