
काठमाण्डौं । टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब ( म्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।
ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो। कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो। ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर
(१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त ग¥यो ।
यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सर सहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।
टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धि बारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भने, ‘आजको समयमा ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण मापक मान्दछन्। ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ ।’
टाटा नेक्सन भारतमा पूरै फाइभ स्टार रेटिङ पाउने पहिलो कार बन्न सफल भएको छ र कार सेफ्टीमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारका रुपमा अगाडि आएको छ । ऐरोडाइनमिक सिलुएट भएको टाटा नेक्सनको स्पोर्र्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ( एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेडए र पाँचवटा रङ्गहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष (जुन पहिले आउँछ) रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस