काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ङादी ग्रुप पावरले ३ करोड १७ लाख १८ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा २ करोड ७६ लाख ८७ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४ दशमलव ५५ प्रतिशतले बृद्धि भएको हो ।
यस वर्ष विद्युत विक्रीबाट कम्पनीले ५ करोड ३५ लाख ४६ हजार आम्दानी गरेको छ । यो रकम गत वर्ष रू. ५ करोड ५ लाख ४ हजार थियो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा ५ दशमलव ८४ प्रतिशत बढी भएको छ । गत वर्ष ४ करोड ४९ लाख ४७ हजार सञ्चालन नाफा गरेको यस कम्पनीले यस वर्ष ४ करोड ७५ लाख ७३ हजार गरेको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी ५३ करोड ५५ लाख ५४ हजार रहेको छ भने जगेडा कोषमा ९ करोड ६५ लाख ६४ हजार रकम कायम भएको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३ गुणा बढेको हो । गत वर्षको पहिलो त्रैमासमा जगेडाकोष रकम रू. ३ करोड १२ लाख १२ हजार रहेको थियो ।
प्रतिक्रिया दिनुहोस