aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सोल्टी होटलको बुक क्लोज हुँदै, २६ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
सोल्टी होटलको बुक क्लोज हुँदै, २६ प्रतिशत लाभांश दिने

काठमाडौं । सोल्टी होटलको ४५औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । कम्पनीले शेयरधनीका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३१५७ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस