aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ जीवन बीमा योजना’मा ग्राहकको आकर्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ जीवन बीमा योजना’मा ग्राहकको आकर्षण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बीमा योजनाप्रति ग्राहकको सहभागिता बढेको कम्पनीको भनाइ छ ।
कार्तिक २१ गते एक शुरुवात भएको उक्त बीमा योजनामा हालसम्म ३ हजारभन्दा बढी बीमितहरु आवद्ध भएको कम्पनीले जनाएको छ । १० लाखको न्यूनतम बीमाङ रकममा बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।

यस योजनामार्फत बीमितले साधारण मृत्युमा बीमाङकको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधासमेत यो योजनामा उपलब्ध रहेको छ ।

कम्पनीले डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोग लागेको सुनिश्चित हुनासाथ ५० लाखसम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस