aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

काठमाडौं । मारुती सिमेन्टले सम्मान एनएस क्वालिटी अवार्ड २०१९  प्राप्त गरेको छ । यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएसआईएसओ ९००१ः२०१५  र क्लिंकर – क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएसआईएसओ १४००१ः२०१५  प्राप्त गरेको थियो ।
 कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भन्नुभयो–‘यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ । साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।’ 


 

प्रतिक्रिया दिनुहोस