aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आजदेखि ऊर्जा सम्मेलन, ७ सय ऊर्जा विद एकै ठाउँमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
आजदेखि ऊर्जा सम्मेलन, ७ सय ऊर्जा विद एकै ठाउँमा


काठमाडौं । आजदेखि राजधानीमा ऊर्जा सम्मेलन सुरु भएको छ । होटल सोल्टीमा सुरु भएको  उर्जा महाभेलामा भारत, बंगालादेश, भुटानका मन्त्रीसहित ७ सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा आयोजना निर्माण तथा ऊजार्् व्यापारका विषयमा १० सम्झौता हुँदै छन्् । उक्त सम्मेलनमा नेपाल भारत,बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार तथा आयोजना निर्माण विषयमा महत्वपूर्ण १० सम्झा्ैता हुनेछन । 

सम्मेलनमा भारतबाट जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावतका साथै केन्द्रीय विद्युत प्राधिकरण, केन््ुढदीय विद्युत नियमन आयोग, पिटिसी इन्डिया, एनएचपिसी इन्डिया, सतलज जलविद्युत निगम, जिएमआरलगायतका प्रतिनिधिको उपस्थिति रहेको छ । विदेशी सहभागीमध्ये ७५ प्रतिशत भारत र बंगलादेशबाट मात्र्र हुने छन ।

सम्मेलनमा ऊजार्् व्यापार विषयमा गहन छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वषर््मान पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भइर्् भारत र बंगलादेशसँग विद्युत व्यापारका लागि यो सम्मेलन कोशेढुंगा सावित हुने बताउँदै आएका छन । 

बंगलादेशले सन्् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत ल्ैजाने प्रतिबद्धता जनाएको छ । मन्त्री वर्षमान पुनले गत वषर्् भदौमा गरेको बंगलादेश भ्रमणमा त्यहाँका उच्च सरकारी अधिकारीले प्रतिबद्धता जनाएका थिए । भारतले २०३४ सम्ममा १५ हजार ६ सय मेगावाट विद्युत्् लैजाने भएको छ । भारत र बंगलादेशसँग गरी करिब २५ हजार मेगावाट सम्झौता भइसकेको छ ।

गत महिनामात्र नेपाल्ुढटभारतबीच बिजुली आयात्ुढटनिर्यातका लागि न्यु बुटवल गोरखपुर ४ सय केभी प्रसारणलाइन निमार््ण गनेर्् समझदारी भएको छ । त्यसअघि ढल्केबर अन्तर्राष्टिय प्रसारण लाइन निर्माण भइसकेको छ ।

सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, नेदरल्यान्ड, नवेर््, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकतार्् एवं प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा नेपालको विद्युत नियमन आयोगका साथै भारत, बंगलादेश तथा नर्वेका विद्युत नियमन आयोगका अधिकारीहरुको गोलमेच छलफल पनि हुने भएको छ । हालै गठन भएको नेपालको विद्युत नियमन आयोगका लागि यो छलफल निकै उपयोगी हुने आयोजकको दाबी छ ।

सम्मेलनमा विद्युत व्यापार, समावेशी ऊर्जा क्षेत्र तथा वातावरणीय उत्तम अभ्यासलगायत विषयमा सम्झा्ैता हुँदैछ । इपान र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको यस सम्मेलनमा नेपालका लागि भारतीय र बंगलादेशी दूतावासको सहकायर्् रहेको छ ।

प्रतिक्रिया दिनुहोस