aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा...

काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । 

संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस