aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुनै बेलाको ब्लुचिप्स चिलिमेले २५ प्रतिशत लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
कुनै बेलाको ब्लुचिप्स चिलिमेले २५ प्रतिशत लाभांश दिँदै

काठमाडौं । उच्च शेयर मूल्य र आकर्षक प्रतिफलका कारण पुँजी बजारमा  ब्लुचिप्स मानिएको चिलिमे हाइड्रोपावर कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
 हाल कायम  ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार चुक्ता पूँजीको आधारमा कम्पनीले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश र साधारण सभा प्रयोजनका लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस