
काठमाडाैं । चिलिमे हाइड्रोपावर कम्पनीले बुधबार आह्वान गरेको २३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव अनुमोदन गर्न सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डप काठमाडौंमा साधारण सभा सुरु भएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसारको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको हो। कम्पनीले ९५ करोड १६ लाख रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत कार्तिक २७ गतेदेखि बुक क्लाेज गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस