aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

टुटल र पठाओलाई तत्काल नरोक्नुः मन्त्री नेम्वाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
टुटल र पठाओलाई तत्काल नरोक्नुः मन्त्री नेम्वाङ
फाइल तस्वीर

काठमाडाैं । टुटल पठाओलाई तत्काल नरोक्न भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसगँको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने ‘उहाँले युवाहरुले काम पाइरहेको र यात्रुहरुले सेवा पाइरहेकाले यस्ता सेवालाई हात नहाल्न निर्देशन दिनुभएको छ,’ उनले भने‘ यातायातको कार्यविधी बनिरहेकोले यस्ता सेवाको बारेमा राम्रो अध्ययन गरेर कानुन नबनाउन्जेल यथास्थितीमा चल्न दिन भन्नुभयो।’

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारवाही गरिने भन्दै सार्वजनिक सूचना जारी गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस