aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिडी हाइड्रोपावरले लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
रिडी हाइड्रोपावरले लाभांश दिँदै


काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांशका लागि बुक क्लोज गर्ने भएकोे छ । कम्पनीले लाभांश र आगामी साधारण सभाका लागि मंसिर १९ गते एक दिने बुक क्लोज गर्ने भएको हो ।
  कम्पनीले ५ दशमलव २६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको कम्पनीले पुस ४ गते वार्षिक साधारण सभा गर्ने गर्ने भएको छ । उक्त सभामा भाग लिई लाभांश प्राप्त गर्न शेयरधनीले मंसिर १८ गतेसम्म शेयर कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापुँजी  ५३ करोड ११ लाख १८ छ । 
असोज मसान्तसम्मको वित्तीय विवरण अुनसार जगेडा कोषमा रू. ३ करोड ९८ लाख ५७ हजार रहेको छ । यो अवधिमा विद्युत विक्रीबाट रू. १ करोड ५१ लाख ६९ हजार आम्दानी गरेको कम्पनीले रू. १ करोड ३ लाख १ हजार खुद नाफा गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. ७ दशमलव ७६ रहेको छ । धितोपत्र बजारमा कम्पनीको शेयरमूूल्य अंकितमूल्य भन्दा कम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस