aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आठ वर्षदेखि लाभांश दिँदै आएको चिलिमेको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
आठ वर्षदेखि लाभांश दिँदै आएको चिलिमेको लाभांश पारित

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंमा २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै प्रस्तावित २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

विगत आठ वर्षदेखि यस कम्पनीले शेयरधनीहरुलाई आकर्षक लाभांश दिदै आएको छ । आर्थिक वर्ष २०६७/६८ देखि शेयधनीहरुलाई आकर्षक लाभांश दिर्दै आएको हो । लाभांश वितरणको सुरु वर्ष ३० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस शेयर दिएको थियो । यस वर्ष सहित कम्पनीले नौ वर्ष लाभांश वितरण गर्नेछ । हालसम्मको अवस्थामा सबैभन्दा बढी लाभांश ७० प्रतिशत रहेको छ । जुन सुरुको वर्षमा कम्पनीले दिएको थियो ।

कम्पनीका अध्यक्ष कुलमान घिसिङ्ले आगामी वर्षहरुमा लाभांश बढाउने नसके नघटाई अहिलेकै अनुपातमा दिने बताए । कम्पनीले निर्माण गरिरहेका योजनाहरुले निकट भविश्यमै विद्युत उत्पादन गर्ने हुदा लाभांश घट्ने भन्दा बढ्ने सम्भावना रहेको घिसिङको भनाई छ । यस कम्पनी २२ दशमलव १ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रमा मात्र सिमित नभई अन्य आयोजनाहरुमा समेत हात लागेको छ । कम्पनीले तीन वटा जलविद्युत कम्पनीहरु रसुवागढी हाइड्रोपावर , सान्जेन जलविद्युत कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनी मार्फत अघि बढाईएका चार जलविद्युत आयोजनाहरु विद्युत उत्पादनका लागि अन्तिम चरणमा रहेका छन् ।

 १११ मेगावाट क्षमताको रसुवागढी , १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी, १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजनाहरु गरी कुल २७० दशमलव ३० मेगावाट क्षमताको जलविद्युुत आयोजनाहरुको निर्माण कार्य कम्पनीले गरिरहेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ७५ करोड ८१ लाख ३६ हजार छ । चिलिमेले साधारण सभा प्रयोजनका लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गरेको थियो । यस आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन ।

बुधबार सम्पन्न सभाले ११ सञ्चालक समिति कायम गर्न २ स्वतन्त्र संचालक र १ महिला सहित सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार सञ्चालक निर्वाचित गरेको छ । सभाले स्वतन्त्र सञ्चालकमा सुमन प्रसाद शर्मा र जगत कुमार श्रेष्ठलाई नियुक्त गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भीमप्रसाद तिमल्सिना, रामप्रसाद रिमाल, शान्ति लक्ष्मी शाक्य र तुलसीराम ढकाल निर्विरोध निर्वाचित भएका हुन । 

 
 

प्रतिक्रिया दिनुहोस