aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच आज नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । 

यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने कम्पनीले दावी गरेको छ ।सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरे ।
 

प्रतिक्रिया दिनुहोस