aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन डिष्टिलरी र स्वरोजगार लघुवित्तको आइतबार बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
हिमालयन डिष्टिलरी र स्वरोजगार लघुवित्तको आइतबार बुक क्लोज

काठमाडौं । आइतबार हिमालयन डिष्टिलरी र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बुक क्लोज गर्ने भएका छन् । दुबै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन । हिमालयन डिष्टिलरीले आइतबार एक दिन र स्वरोजगारले आइतबारदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्न लागेको हो ।

हिमालय डिष्टिलरीले पुस १ गते साधारण सभा गरी प्रस्तावित ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै स्वरोजगार लघुवित्तले २६ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते साधारण सभा गर्दैछ । बुक क्लोजको आधारमा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भएको शेयरका धनीहरुले लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन । आइतबार बुक क्लोज गर्ने कम्पनीहरुको हकमा बिहीबार ( मंसिर ११) गतेसम्म कायम सदस्यहरु लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन ।
 

प्रतिक्रिया दिनुहोस