
टोकियो, जापान । अग्रेजी नयाँ वर्ष २०२० को उपलक्षमा जापानमा नेपाली ख्यातिप्राप्त कलाकारले सांगीतिक कार्यक्रम गर्ने भएको छन । गल्कोट समाज जापानको आयोजनामा नयाँ बर्ष २०२० को उपलक्षमा सांगीतिक कार्यक्रम गर्ने भएको हो ।
नेपालबाट कलाकारहरु बिष्णु खत्री , देबी घर्ती ,दुर्गेश थापा र नविन रानाको प्रस्तुती सहित डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय गरेको आयोजकले जनाएको छ ।
जापानमा सक्रिय गल्कोट समाज जापानले यो बर्ष गल्कोट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरि यो बर्षको कार्यक्रम आयोजना गरिएको छ । संस्थामा अध्यक्ष दिलु क्षेत्री र महासचिव कृष्ण केसी रहेका छन भने सांगीतिक कार्यक्रमको संयोजन विजय भण्डारीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस