aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी
बुधबार, २१ माघ २०७७

सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ । संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको...

कोरोना सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी
बुधबार, २१ माघ २०७७

कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए...

कोरोना महामारीमै ६२ हजार नेपाली वैदेशिक रोजगारीमा गए
बुधबार, २१ माघ २०७७

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ...

सम्राट सिमेन्टले ७ मेगावाट बिजुली उत्पादन गर्दै
बुधबार, २१ माघ २०७७

हाल दैनिक २ हजार मेट्रिक टन (मेटन) क्लिंकर उत्पादन गर्दै आएको सम्राट सिमेन्ट उद्योगबाट दैनिक ७ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । मङ्सिर १५ गतेदेखि औपचारिक रूपमा उत्पादन शुरू...

कमलपोखरी अतिक्रमण गरिएको जग्गा फिर्ता लिने प्रयास सफल
बुधबार, २१ माघ २०७७

काठमाडौंको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । ...

सस्तो बन्दै कर्जाको ब्याजदर
बुधबार, २१ माघ २०७७

चालू आर्थिक वर्षको शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर...

सबै संवैधानिक निकायमा आज नियुक्ती, कहा कहा को को हुँदैछन् ?
बुधबार, २१ माघ २०७७

सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन्...

मेलम्ची सुरुङको पुनः परीक्षण फागुनमा
मंगलबार, २० माघ २०७७

मेलम्ची खानेपानी आयोजनाले आगामी फागुनको पहिलो सातादेखि अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर (पथान्तरण) परीक्षण गर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाले गत असार ३० गते भएको आकस्मिक दुर्घटनाको क्रममा भएको संरचनागत...

सरकारले ७७ जिल्लामा भूमि आयोग गठन गर्यो
मंगलबार, २० माघ २०७७

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता...

विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित
मंगलबार, २० माघ २०७७

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा उपकरण जडानका लागि विदेशी विशेषज्ञसहितको प्राविधिक टोली आउने अझै निश्चित भएको छैन । आयोजनाले भने चीन, अमेरिका, बेलायतलगायत मुलुकबाट विशेषज्ञ ल्याउने पहल भइरहेको जनाएको छ । ...

तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न अध्ययन
मंगलबार, २० माघ २०७७

राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको...

बिमा शुल्क संकलन २५ प्रतिशत बढ्यो
मंगलबार, २० माघ २०७७

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिमा कम्पनी (जीवन र निर्जीवन) ले कुल ३६ अर्ब ६१ करोड रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु...

अबको २५ वर्षमात्रै ‘समृद्ध नेपाल र सुखी नेपालीको यात्रा गर्ने
मंगलबार, २० माघ २०७७

यो लक्ष्य भने निकै चुनौतीपूर्ण हुनेछ । किनकि अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा...

ढिके नून प्रयोगमा प्रतिबन्ध लगाए पनि अझै कार्यान्वयनमा
मंगलबार, २० माघ २०७७

स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ । ...

बढ्यो १४ वाणिज्य बैंकको निष्क्रिय कर्जा
मंगलबार, २० माघ २०७७

चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत...

तल्लो अरुणको २१ प्रतिशत विद्युत नेपाललाई निःशुल्क
सोमबार, १९ माघ २०७७

६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत निःशुल्क पाउने भएको छ । लगानी बोर्ड बैठकले शुक्रबार राति आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको...

खाद्य कम्पनीले बजार मूल्यभन्दा सस्तोमा मार्सी चामल बेच्दै
सोमबार, १९ माघ २०७७

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामल बिक्री सुरु गरेको छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नका लागि पहिलो पटक खाद्य कम्पनीले उपत्यका ल्याएर बिक्री...

प्रधानमन्त्री ओलीले किन रोजे नारायणहिटीको आँगन ?
सोमबार, १९ माघ २०७७

बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर...

कुखुराको मासुको मूल्य घट्यो
सोमबार, १९ माघ २०७७

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा...

नेकपाका दुवै अध्यक्षको संयुक्त हस्ताक्षर मात्रै आयोगलाई मान्य हुने
सोमबार, १९ माघ २०७७

प्रतिनिधि सभा विघटनपछि त्यसको पक्ष वा विरोधमा राजनीतिक दलहरू वडा स्तरसम्म पुगेको अवस्थामा निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारीलाई अगाडि बढाएको छ । आगामी वैशाख १७ र २७...