aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंकाशुरेन्सले विकृति पक्का भित्र्याउँछ (भिडियाे सहित)

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • सोमबार, २३ बैशाख २०७६

विश्वमा इन्स्योरेन्स प्रचलनमा आएको २ सय वर्ष भइसकेको छ । बेलायतदेखिको इतिहासलाई हेर्दा बैंकमा खाता खोल्न जसरी मान्छेहरु आउँछन् त्यसरी इन्स्योरेन्स कम्पनीमा म इन्स्योरेन्स गर्छु भनेर आएको अवस्था छैन ।  

खाताजस्तो सामान्य कुरा पनि होइन, इन्स्योरेन्सको  धेरै प्रोड्क्स र भेराइटीहरु छन् । भेराइटीको सन्दर्भमा लाइफ इन्स्योरन्समा मात्रै हेर्ने हो भने पनि केही पुराना कम्पनीले दुई सय वटासम्मका भेराइटीका पोलिसीहरु बिक्री गरेको देखिन्छ । इन्स्योरेन्सको विषयमा ग्राहकको समाजभन्दा बाहिरको कुरा भइरहेको हुन्छ । तसर्थ, इन्स्योरेन्सको काउन्सिलिङ जाने बुझेको व्यक्तिले दिनुपर्याे । पोलिसीका कुरा र त्यसबाट प्राप्त हुने फाइदा ग्राहकलाई बुझाउनु पर्याे । 

इन्स्योरेन्स किन गर्ने, मात्र होइन इन्स्योरेन्सको प्रोडक्सहरु के–के हुन्, कुनको फाइदा के हो, बेफाइदा के हो ? त्यो सबै कुरा बुझाउनुपर्ने भएकाले यसका लागि उपयुक्त भूमिका चाहिँ एजेन्टकै हो, बैंकको होइन । 

 

योजनाविहीन ढंगले जसलाई जे मन लाग्यो त्यसै गर्ने तरिककाबाट काम हुँदै आएका छन् । बजारमा सुनिने आर्थिक चलखेलका कुरा, गैैरव्यावसयिक कामलगायतका  निम्ति यस्तो भूमिका खेलिएको हो ।

अहिले जसरी इन्स्योरेन्स कम्पनी र बैंकहरुबीच बैंकले इन्स्योरेन्स कम्पनीको पोलिसीहरु बेच्ने सम्झौता गरिरहेका छन् । यसमा केही मेरो फरक धारणा छ । यसमा बैंकहरुले महत्व दिएको पाइँदैन, बीमा पोलिसीहरु बुझेको दक्ष जनशक्ति बैंकहरुमा छैनन् । बैंकको एउटा कुनामा एउटा टेबलमा सहायक कर्मचारीलाई बसालेर उसलाई बैंकिङ काम पनि गर, डिपोजिट पनि ल्याउ, ल्यान्डिङ पनि गर, इन्स्योरेन्स पनि गर, इन्स्योरेन्सको सर्भिस पनि प्रोभाइट गर अर्थात भएजति सबै गर भन्ने कुरा कति सम्भव छ ?  

हामी विज्ञताको कुरा गरिरहेका छौ । एउटा सहायक स्तरको कर्मचारीले इन्स्योरेन्सका सबै प्रोडक्स बेच्न सक्छ ? अनि सर्भिस पनि प्रोभाइट गर्छ ? इन्स्योरेन्स एक वर्ष छ महिनाको अवधिको कुरा होइन । ननलाइफतिर एक वर्षको कुा होला, लाइफ इन्स्योरेन्सतिर ५, १०, १५, २०, २५, ३० वर्षका कुरा हुन्छ । यति लामो समयसम्म त्यो व्यक्तिलाई कम्पनीसँग लिंकअपमा राख्न सक्दैन । त्यसले यस्ता कुरामा बीमा अभिकर्ता चाहिने हुन्छ, ग्राहकको जिज्ञासा सम्बोधन गर्नका लागि काउन्सिलङ गर्ने एउटा व्यक्ति चाहिन्छ, मध्यसकर्ता चाहिन्छ, संस्थाको प्रतिनिधि भएर काम गर्ने व्यक्ति चाहिन्छ भनेका हौं । 

अहिलेसम्मको स्थितिलाई हेर्दा बैंकहरूले त्यसो गर्न सक्दैनन् । गरिराखेका पनि छैनन् । देश इन्स्योरेन्सको पहुँचसम्बन्धी स्वतन्त्र अध्ययन भएको तथ्यांक हामीसँग छैन । कसैले १२ प्रतिशत पुग्यो कसैले १४, त कसैले १६ प्रतिशत पुग्यो भन्नुहुन्छ । होला पहिला भन्दा बढ्यो होला यो त समयको गति नै हो नि । गत वर्षभन्दा सबै कम्पनीले सेल्स बढाएका छन् तर, त्यसको श्रेय चाहिँ बैंकलाई लगेर दिनुपर्छ भन्ने होइन् । म बैंकन्स्योरेन्सले व्यापार बढेमा मान्दिन । बरु यसले बिकृति चाहिँ पक्का भित्र्याउँछ । 

इन्स्योरेन्सको विषयमा ग्राहकको समाजभन्दा बाहिरको कुरा भइरहेको हुन्छ । तसर्थ, इन्स्योरेन्सको काउन्सिलिङ जाने बुझेको व्यक्तिले दिनुपर्याे । पोलिसीका कुरा र त्यसबाट प्राप्त हुने फाइदा ग्राहकलाई बुझाउनु पर्याे । 

बैंकले पहिला त आफ्नो व्यवसाय र पहुँच विस्तार गर्छ अनिमात्रै बीमालाई ध्यान दिने हो । पहिला बैंकहरु आफै गाउँ–गाउँ जानुपर्यो । नेपालमा अहिले सक्रिय र निष्क्रृय गरी ३÷४ लाख बीमा अभिकर्ताहरु हुनुहुन्छ । उहाँहरु आफ्नो रोजीरोटी गरिराख्नुभएको छ । त्यतिकै तलब भत्ता पचाएको होइन । काम गरेपछि कामको पारिश्रमिक पाउने हो ।  ती व्यक्ति शहरमा केन्द्रित छन् भन्न मिल्दैन शहरमा गतिविधि धेरै हुन्छ,  जनसंख्या धेरै छ, व्यापार यहि हुन्छ, उद्योगधन्दा यही हुने भएको कारणले जहाँ आर्थिक गतिविधि हुन्छ त्यहाँ इन्स्योरेन्स पनि हुन्छ, बैंक पनि हुन्छ । यो स्पष्ट छ । साथसाथै कतिपय अभिकर्ताहरु ग्रामीण क्षेत्रमा निक्कै  खटिरहेका छन् । 

हामी लामो समयसम्म यो क्षेत्रमा सक्रिय छौ । यो क्षेत्रको हित चाहान्छौ । व्यवसाय एक ठाउँमा छ । यो सँंगसँगै हामी यहीबाट हुर्केर र यसैबाट दुई वटा कुरा जानेर आएको हुनाले यो क्षेत्रको समृद्धि चाहान्छौ हामी । त्यसकारणले यो क्षेत्रमा विकृति नआसोस भन्ने चाहान्छौ । यहाँ सबै कुरा एउटै निकाय वा व्यक्तिले गर्ने भए अरु किन चाहियो ? 

योजनाविहीन ढंगले जसलाई जे मन लाग्यो त्यसै गर्ने तरिककाबाट काम हुँदै आएका छन् । बजारमा सुनिने आर्थिक चलखेलका कुरा, गैैरव्यावसयिक कामलगायतका  निम्ति यस्तो भूमिका खेलिएको हो । तितो यर्थाथ बीमा समितिका अध्यक्ष पूर्वबैंककर्मी भएको नाताले यस क्षेत्रलाई माया गरिदिएको मात्र हो । उहाँले बीमा क्षेत्रलाई माया गरेको देखिँदैन । 

 

हिजोका दिनमा गलैंचा तयारी पोशाकको अवस्था जे थियोे नि त्यही हुन सक्छ अथवा गल्ली गल्लीमा खडा भएका सहकारीले जनताको निक्षेप जम्मा गरेर भागेका जस्तो घटना यो क्षेत्रमा पनि नआउला भन्न सकिँदैन ।

 

उहाँ आउने बितिकै १० वटा कम्पनी आए । बीमाको उपस्थिति ८/९ प्रतिशतबाट  १५/१६ प्रतिशतमा पुग्यो यो बैंकको कारणले होइन नयाँ कम्पनी आएको हुनाले भएको हो । यसको परिणाम पनि हेर्नु पर्छ । एक दुई वर्षमा समीक्षा हुन सक्दैन ४/५ वर्षपछि हेर्नुस् हिजोका दिनमा गलैंचा तयारी पोशाकको अवस्था जे थियोे नि त्यही हुन सक्छ अथवा गल्ली गल्लीमा खडा भएका सहकारीले जनताको निक्षेप जम्मा गरेर भागेका जस्तो घटना यो क्षेत्रमा पनि नआउला भन्न सकिँदैन । यसकारण सम्वन्धित निकायले गम्भीर भएर ध्यान दिनुपर्छ ।

जहाज चलाउने क्याप्टेनको रोलजस्तै बीमामा पनि त्यस्तै रोल हुन्छ । जहाजको स्टार्ट त जसले नि गर्न सक्ला गन्तव्यमा पुर्याउन सक्ने मान्छे भनेको क्याप्टेन मात्रै हो । यो त्यस्तो क्षमताको क्याप्टेन इन्स्योरेन्स कम्पनीलाई चाहिएको छ  । 

बैंकले बीमाको काम गर्याे भन्ने मात्रै कुरा रहेन । यहाँ बैंकका त आफ्नै निर्दिष्ट काम नै पर्याप्त छ । अब नेपालमा बैंक चाहिँ बैंकिङ नभएर गैरबैंकिङ क्षेत्रतर्फ अग्रसर भएको देखिन्छ । 

तपाईको हाम्रो बैंकमा खाता रहेछ, खातामा पैसा पनि रहेछ इन्स्योरेन्स गर्याे भने तपाईलाई ठिक हुन्छ नत्र ठिक हुँदैन भन्ने खालको भाषासमेत गरिरहेको हुन्छ, ग्राहकको जिज्ञासा सम्बोधन गर्नका लागि काउन्सिलङ गर्ने एउटा व्यक्ति चाहिन्छ, मध्यसकर्ता चाहिन्छ, संस्थाको प्रतिनिधि भएर काम गर्ने व्यक्ति चाहिन्छ भनेका हौं । 

ग्रामीण क्षेत्रसम्म बैंकिङ कारोबार पुर्याउन नसक्ने आफ्नो क्षेत्रबाट पछि हट्ने कोर यरिया विषय वस्तुबाट पछि हट्ने अनि अर्काको क्षेत्र समाउन गएर हुन्छ ? अरु उद्देश्यले खुलेका कम्पनीले बैंकिङ कारोबार गरेर हुन्छ ?  बैंकिङ काम गर्नलाई बैंक नै दिनु पर्याे । इन्स्योरेन्ससम्बन्धी काम गर्नलाई इन्स्योरेन्स हुनु पर्याे । बैंकले नाफा हुने ठाउँ खोन्दै जाँदा भोलि पेट्रोल पम्म पनि बैंकले खोल्ने डिपार्टमेन स्टोर पनि बैंकले खोल्दा भयो ? जग्गा प्लटिङमा पनि बैंक लाग्दा भयो । 

बैंकले खातामा जम्मा भएको पैसा हेरेर इन्स्योरेन्स गर्न बोलाउँछ  ।  तपाईको हाम्रो बैंकमा खाता रहेछ, खातामा पैसा पनि रहेछ इन्स्योरेन्स गर्याे भने तपाईलाई ठिक हुन्छ नत्र ठिक हुँदैन भन्ने खालको भाषासमेत गरिरहेको हुन्छ भने अर्को्तिर ऋण लिन बैंकमा जानु पर्याे भने प्रक्रिया अगाडि बढुनजेल केही भन्दैन अब पैसा रिलिज गर्ने बेला आउँछ अनि उसको रकम ५० लाख छ भने त्यो बराबरको इन्स्योरेन्स गर्नु भन्दिन्छ । अब त्यसो गर्दा समस्या हुन्छ कि हुँदैन ?  बीमा अभिकर्ताले यस्तो गरेको काहि कतै थाहा छ ? 

हामीले बलपूर्वक गर्ने अरु ठाउँ छैन, हामीले नकारात्मक कुरामा सचेत मात्र गराउने हो । अहिले भइरहेका गतिविधिले एउटा गम्भीर समस्या निम्त्यिाउने देखिन्छ अहिले भइरहेका २÷३ लाख बीमा अभिकर्ताहरु बेरोजगार हुन्छन् । सरकारले विदेश गएकालाई समेत फिर्ता गराउछु भन्ने आश्वसन दिइराखेको छ । तर, व्यवहारमा यहाँ भइराखेकोलाई पनि रोजगारीबाट विमुख बनाउने अवस्था आएको छ । बीमा अभिकर्ताहरु बेरोजगार भएभने देशको अवस्था के हुन्छ, त्यो सरकारले सोच्ने कुरा हो । देशको अर्थ राजनीतिमा कुन विषयले कस्तो प्रभाव पारिराखेको छ त्यो राष्ट्र बैंकले पनि विश्लेषण गर्न आवश्यक छ ।

अत्यमा हामीले बीमा क्षेत्रलाई हामीले समृद्ध बनाउन खोजेको छांै । यसको क्रमिक विकासमा लैजान खोजेका हौं । यहाँ बीमाको पहुँच कम भयो भनेर  धेरै बीमा कम्पनीहरु खेलिएका छन् । विश्वमा कही पनि शतप्रतिशत जनसंख्याले बीमा गरेको अवस्था छैन । 
यहाँ अवश्यकता र क्षमता भन्दा बढी बीमा कम्पनीहरु खुलेका छन् । नेपाललाई चाहिने कति वटा कम्पनी हो त्यसबारेमा ध्यान दिएको पाइदैन ।

भारतको जनसंख्यार नेपालको जनसंख्यलाई तुलना गर्नुहोस् त त्यहाँ भन्दा यहाँ धेरै बीमा कम्पनीहरु नेपालमा आएका छन् ।  राज्यले ध्यान दिन जरुरी छ । इन्स्योरेन्सको नाममा खाई नखाई गरेर १०/१५ वर्ष लगाएर जम्मा गरेको रकमको सरकारले सुरक्षा गर्नुपर्छ । 

हिजोको गलैंचा र तयारी पोसाकको जस्तो स्थिति फेरि इन्स्योरेन्स कम्पनीले भोग्नुपर्ने अवस्था हुन्छ । त्यसैले सम्बन्धित निकायले बेलैमा सचेत हुन जरुरी  छ ।

(आर्थिकन्युजका लागि  बिजय फुयालले  गरेको  कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस