
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले कुल ५ दशमलव ७०७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ४१ लाख ५५ हजार रूपैयाँ रहेको छ ।
सोही पूँजीको आधारमा २ करोड २४ लाख ९६ हजार ९१६ रूपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कुल १८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस