aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफर प्रालिको विप्रेषण कारोबार कन्द गर्ने जनाएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस कम्पनीको कारोबार बन्द गर्ने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७७ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१) बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको हो । कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए  जानकारी गराउन समेत भनिएको छ । 

यदि त्यस्तो रकम बाँकी भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखितरुपमा जानकारी गराउनु पर्ने व्यवस्था मिलाइएको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त भएमा कम्पनीको बैंक जमानत फुकुवा गरिने समेत राष्ट्र बैंकले जनाएको छ ।  

हेराैँ, सूचना 

 

 

प्रतिक्रिया दिनुहोस