aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी विकास बैंकको लाभांश गत वर्षभन्दा कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
लुम्बिनी विकास बैंकको लाभांश गत वर्षभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रूपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीको लाभांश कम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस