aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

इन्फिनिटी लघुवित्तले हकप्रद र बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
इन्फिनिटी लघुवित्तले हकप्रद र बोनस दिने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभामा चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ( कर समेत) पारित गर्ने, सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, एक वा एकभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
साथै कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्तापुँजीको २५ प्रतिशत अर्थात ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । 
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ४ गतेदेखि १८ गतेसम्म बन्द रहनेछ । 

प्रतिक्रिया दिनुहोस