aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल लगभग निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल लगभग निश्चित

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी मंसिर १९ गते हुने साधारणसभाको लागि मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समय छ ।

अध्यक्ष पदमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बन्ने लगभग निश्चित भएको छ । अध्यक्ष पदका दाहालबाहेक अहिलेसम्म अरुको इच्छा देखिएको छैन । उनले सबै बैंकका सीइओहरुसँग छलफल गरी आइतबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल दुई कार्यकाल संघका कार्य समिति सदस्यसमेत भइसकेका छन् ।
 
नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अनुकूल भटनागर उपाध्यक्षमै बस्न तयार भएका छन् । भटनागर भारतीय नागरिक रहेकाले नेतृत्वमा जाँदा व्यवहारिक कठिनाई हुने देखिएपछि उनी उपाध्यक्षमै बस्न तयार भएको श्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस