aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चौतारी लघुवित्त राष्ट्रियस्तरको बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
चौतारी लघुवित्त राष्ट्रियस्तरको बन्दै

काठमाडौं । चौतारी लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बनाउने प्रस्ताव सहित पुस ९ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । आरम्भ लघुवित्तलाई प्राप्ति गर्न लागेको यस कम्पनीले एक आपसमा गाभिएपश्चात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्तावसमेत सभामा पेश गर्दैछ । भविष्यमा अन्य कुनै लघुवित्त कम्पनीलाई प्राप्ति गर्ने वा गाभ्ने गाभिने योजना कम्पनीको छ । 
चौतारीले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र १० दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम १८ करोड ६० लाखको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस