
काठमाडौं । मुक्तिनाथ विकासको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र मंसिर १८ गते खोलिने भएको छ । बैंकले हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर कम्पनीले मंसिर ८ गतेदेखि १५ गतेसम्म बोलकबोल प्रक्रियाद्वारा आवेदन माग गरेको थियो ।
बोलपत्र बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा खोलिने भएको छ ।
प्रतिक्रिया दिनुहोस