aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मर्जरमा जाने आरम्भ लघुवित्तले लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
मर्जरमा जाने आरम्भ लघुवित्तले लाभांश दिँदै

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 
कम्पनीले शेयरधनीका लागि चुक्तापुँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ लाख ३३ हजार ५३ नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभामा आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिनका लागि दुवै संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेसियो १ बराबर १ पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने, दुई लघुवित्त गाभिए पश्चात बन्ने कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था राखी वित्तिय कारोबार गर्ने, मर्जरपछि कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ रहने प्रस्ताव पारित गर्ने विषय पनि रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस