aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल निश्चित

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष पदमा भुवन दाहाल बन्ने निश्चित भएकाे छ । आगामी मंसिर १९ गते हुने साधारणसभाको लागि मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समयसीमा भित्र उनकाे मात्र उमेदवारी परेपछि अध्यक्ष पद सुरक्षित भएकाे हाे ।

अध्यक्ष पदका लागि उनले सबै बैंकका सीइओहरुसँग छलफल गरी आइतबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल दुई कार्यकाल संघका कार्य समिति सदस्यसमेत भइसकेका छन् ।
 
नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अनुकूल भटनागर उपाध्यक्षमै बस्न तयार भएका छन् । 

प्रतिक्रिया दिनुहोस