aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जनता बैंकद्वारा ७ लाख आर्थिक सहयोग प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
जनता बैंकद्वारा ७ लाख आर्थिक सहयोग प्रदान


काठमाडौं । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ  ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत  परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष  सागर प्रताप राणालाई हस्तान्तरण गरेका थिए । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको  वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ  २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत  परशुराम कुँवर क्षेत्रीले  वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक  सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका थिए । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि  वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।  

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंशिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक लिमिटेड रु. २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, रु. १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ । 

प्रतिक्रिया दिनुहोस