
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस २० गते १८ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा विहान ११ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बोलाइएको हो ।
सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै गत वर्षको वार्षिक प्रतिवेदन लगाएत विविध प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू.६२ करोड ८८ लाख ८८ हजार रहेको छ । बोनस शेयर पश्चात यो पूँजी रू.७९ करोड २३ लाख ९९ हजार पुग्नेछ । कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले मंसिर १० गते स्वीकृति दिएको हो ।
प्रतिक्रिया दिनुहोस