
माछापुच्छ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो ।
बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुभारम्भ भएको छ ।
अब रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको छ ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले धेरै सुविधाहरु भएको रेमिट्यापले वालेटबाट वालेटमा रकम स्थान्तरणका साथै कुनै पनि बैंकमा रकम स्थानान्तरण गर्ने सुविधा पदान गर्ने बताए ।
यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताए । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्पmत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए ।
त्यसै गरी ए।एम।भी। टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस