
काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले पुस ११ गते बोलाएको पाँचौ वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर २० गतेदेखि बुक क्लोज गर्दैछ । यस आधारमा सभामा भाग लिन र लाभांश प्राप्त गर्न मंसिर १९ गतेसम्म शेयर कायम गर्नुपर्नेछ । यस वर्ष कम्पनीले ३२ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार कम्पनीको अन्तिम शेयरमूल्य रू. ७५३ कायम भएको छ । यो दिन रू. २ ले शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस