
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ ओटा बैंकको ऋणपत्र सूचीकृत भएको छ । एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकको ऋणपत्र सूचीकृत भएको हो ।
एनआईसी एशिया बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको १९ लाख ४३ हजार ६९८ कित्ता र माछापुच्छ्रे बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख ऋणपत्र सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस