aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहित प्रति ऋणपत्र एक  हजार रुपैयाँ कायम भएका उक्त ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए । सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्पmत दोस्रो बजारमा खरिद बिक्री  गर्न सकिनेछ । 
 
माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस