aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंकहरुको नाफा बढ्यो, नौ महिनामै एक दर्जन बैंक अर्बपतिको सूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६

काठमाडौं, वैशाख २३ । आज (सोमबार) सम्म चालू आर्थिक वर्षको तेस्रो त्रैयमास (चैत मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरिसकेका एक दर्जन बैंक अर्बपतिको सूचीमा परेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये १२ वटाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको छन् भने अन्य बैंकले पनि धमाधम सार्वजनिक गर्ने तयारीमा छन् ।

सोमबारसम्म नेपाल एसबीआई, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छे«, सानिमा, नेपाल बैंक, ग्लोबल आइएमई, सनराइज, कुमारी, प्रभु र एनएमबी बैंकले चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । चालू आवको नौ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका ती सबैं बैंकको कमाई अर्बभन्दा बढी छ । 

गत वर्षको नौ महिनासम्मको अवधिमा अर्ब कमाउन नसकेका माछापुच्छे«, सन्राइज, प्रभु र कुमारी बैंक पनि यस वर्ष अर्बपतिको सूचीमा परेका छन् । ती बैंकको नाफा पनि अर्ब नाघेको छ । चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । 

चालू आर्थिक वर्षको नौ महिनामा एसबीआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो । सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको चैतसम्म एक अर्ब ५९ करोड नाफा कमाएको छ । गत वर्ष उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड थियो । 

सानिमा बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो ।  नेपाल बैंकले चालू आर्थिक वर्षको नौ महिनामा २ अर्ब २४ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले २ अर्ब ५६ करोड नाफा गरेको थियो ।

माछापुच्छ«े बैंकले चालू आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ ।  गत वर्षको चैत मसान्तमा माछापुच्छ«े बैंकले ८५ करोड मात्र नाफा गरेको थियो ।

यसैगरी, सिटिजन्स बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो । 

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८७ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १ अर्ब ४१ करोड नाफा गरेको थियो । सनराइज बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २२ करोड नाफा गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ९४ करोड नाफा गरेको थियो ।

यसैगरी, कुमारी बैंकले चालू आवको नौ महिनामा १ अर्ब ३२ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ७३ करोड मात्र नाफा गरेको थियो । प्रभु बैंकले चालु आवको चैत समान्तसम्म १ अर्ब ४५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा ९१ करोड ७० लाख नाफा गरेको थियो । 
यसैगरी एनएमबी बैंकले चालू आवको नौ महिनामा १ अर्ब ६५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकले १ अर्ब ३७ करोड नाफा गरेको थियो ।

तरलताको अभावका बावजुत पनि बैंकले उच्च नाफा कमाउन सफल भएका छन् । पछिल्लो तथ्यांकअनुसार, वाणिज्य बैंकहरुले २७ खर्ब दुई अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ३९ अर्ब लगानी गरेका छन् । उक्त लगानीबाट आएको ब्याज आम्दानी, विदेशी मुद्रा सटहीलगायतबाट हुने आम्दानीका कारण बैंकको नाफा बढेको बैंकर बताउँछन् ।

अर्बपतिको सूचीमा परेका बैंक र ती बैंकको नाफा
बैंक                                चालू आवको नौ महिनाको नाफा              गत आवको नौ महिनाको नाफा

नेपाल एसबीआई बैंक                  १ अर्ब ६० करोड                                     १ अर्ब ३७ करोड
सिटिजन्स बैंक                            १ अर्ब ६ करोड                                       १ अर्ब
सिद्धार्थ बैंक                                १ अर्ब ५९ करोड                                    १ अर्ब ३८ करोड
एभरेष्ट बैंक                                  २ अर्ब २१ करोड                                    १ अर्ब ८७ करोड
माछापुच्छे« बैंक                            १ अर्ब २४ करोड                                     ८५ करोड
सानिमा बैंक                                 १ अर्ब ५७ करोड                                    १ अर्ब २० करोड
नेपाल बैंक                                   २ अर्ब २४ करोड                                      २ अर्ब ५६ करोड
ग्लोबल आइएमई बैंक                    १ अर्ब ८७ करोड                                      १ अर्ब ४१ करोड
सनराइज बैंक                                १ अर्ब २२ करोड                                      ९४ करोड
कुमारी बैंक                                    १ अर्ब ३२ लाख                                      ७३ करोड
प्रभु बैंक                                        १ अर्ब ४५ करोड                                     ९१ करोड ७० लाख
एनएमबी बैंक                                   १ अर्ब ६५ करोड                                   १ अर्ब ३७ करोड


 

प्रतिक्रिया दिनुहोस