aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

वोमी र नागरिक लघुवित्तको एकीकृत कारोबार मंसिर ३० गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
वोमी र नागरिक लघुवित्तको एकीकृत कारोबार मंसिर ३० गतेदेखि

काठमाडौं । वोमी लघुवित्त र नागरिक लघुवित्तको मर्जपछिको एकीकृत कारोबार मंसिर ३० गते हुने भएको छ । वोमी लघुवित्तले नागरिक लघुवित्तलाई मर्जर गरी वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
दुवै लघुवित्तको असोज २ गते सम्पन्न विशेष साधारण सभाबाट वोमी लघुवित्तले नागरिक लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका थिए । मर्जरपश्चात वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपामा रहने छ ।  


 

प्रतिक्रिया दिनुहोस