
एनएमबि बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ कमाउन सफल भएको छ , जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १९ दशमलव ९३ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा १ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
९ अर्ब ६१ करोड ८१ लख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकको प्रिमियम २ अर्ब ५१ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग २ अर्ब १८ करोड ३ लाख रुपैयाँ र जगेडा २ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
बैंकले निक्षेपमा ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरि कर्जामा ८७ अर्ब २ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । बैंकले कर्जामा २० दशमलव ८३ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५० दशमलव ८५ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ४१ लाख रुपैयाँ र सञ्चालन नाफामा २३ दशमलव ३१ प्रतिशतले बढेर २ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २२ दशमलव ८९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५ दशमलव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १७४ दशमलव २२ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९६ प्रतिशत रहेको छ ।
बैंकको आधार ब्याजदर ९ दशमलव ९५ प्रतिशत र कोषको लागत ७ दशमलव.२५ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ७९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १५ दशमलव ४२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस