aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

'बैंकमा जागीर खान डराउन थाले'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
'बैंकमा जागीर खान डराउन थाले'

काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले बैंक तथा वित्तीय संस्थामा काम गर्न कर्मचारी डराउन थालेको बताएका छन् । नेपाल बैंकर्स संघको ३३ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति घोषणा सभामा बोल्दै सानिमा बैंक प्रमुख कार्यकारी अधिकृुत समेत रहेका दाहालले बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीहरुको काम गर्ने मनोबल उच्च नरहेको बताएका हुन । 

 केहि महिना पहिला बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई बैंकिङ्ग  कसुरमा जेल हालेको घटनाबाट सबै बैंकका कर्मचारीहरु कति वेला कुन केशमा आफू  पनि जेल जानु पर्ने हो भन्ने त्रासले काम गरिहेको उनले बताए । 

बैंकिङ्ग क्षेत्रमा अहिले सरकारी अण्डामा जस्तै काम नहुने र ढिला सुस्ती हुने प्रवृत्ति पनि यहि डरका कारण भइरहेको उनले बताए ।  नेपालको सबै भन्दा अनुशासित क्षेत्रलई पुलिस प्रशासन र कानुनले चिन्न नसकेको उनको आरोप थियो । उनले भने, 'प्रहरी र न्यायालयले बैंकर भनेका अधिकांश खराब काम गर्ने प्रवृत्तिका हुन्छन भन्ने मानसिकता पालेका छन् ।' 

दाहालले खराब काम गर्नेलाई सजाय दिनु आवश्यक रहेको तर पुराना कानुनहरुका आधारमा असल व्यक्तिमाथी ज्यादति हुनु नहुने धारणा पनि राखे । उनले नेपाल केन्द्रीय बैंकको स्प्रेड दर गणनाको पछिल्लो विधिलाई पुनरावलोकन गर्न समेत आग्रह गरेका छन । 

श्रेष्ठको घटनापछि ऋणको फाइल स्वीकृत धेरै समय लाग्ने गरेको ।  केहि बैंकर्स बदमास होलान तर अहिलेको कानुनले इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण नबनाएको प्रति उनको अक्रोश पोखेका थिए । पहिले कर्मचारीले प्रकृया पुरा गरेको कागजात पनि सहजै फाइल अगाडि बढाउन कर्मचारीहरु डराउने गरेको उनले बताए । 

जनशक्तिको क्षमता अभिवृद्धि गर्न छ्ट्याएको ३ प्रतिशत र सामाजिक उत्तरदायित्वमा १ प्रतिशत रकम उनीहरू कै क्षमता अभिवृद्धिमा खर्च गर्न समेत निर्देशन दिए ।

एसोसिएशनको ३३ औं वार्षिक साधारणसभामा नयाँ नेतृत्वमा अध्यक्ष भुवन दाहाल सानिमा बैंक प्रमुख कार्यकारी अधिकृत, उपाध्यक्ष अभिजित भट्नागर प्रमुख कार्यकारी अधिकृत नेपाल एसबीआइ बैंक, सदस्यहरु अनुपमा खुन्जेली मेगा बैंक, रमेश राज अर्याल एनसीसी बैंक, सुनिल केसी एनएमबि बैंक, जनक शर्मा पौडेल सनराइज  बैंक र कृष्णबहादुर अधिकारी नेपाल बैंक चयन भएका छन । त्यस्तै ४२ वर्षदेखि बैंकि क्षेत्रमा योगदान पुर्याका नेपाल इन्भेष्टमेन्टक बैंकका अध्यक्ष पृथ्वीवहादुर पाण्डेलाई सम्मान गरिएको थियो । उनलाई बैकिङ क्षेत्रमा लामो समयसम्म योगदान गरे वापत उक्त सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस