
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले केहि दिन पहिला एक बैंकमा घटेको घटनालाई लिएर बैंकरलाई व्यांग्य गरेका छन् । उनले भने कसलाई चेक बुक दिन पर्छ भन्ने पनि थाहा नहुने कर्मचारी बैंकमा कसरी राख्नु भयो ।
विहीबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर डा.नेपालले साइबर सुरक्षा चुनौति सामाना गर्न परिहेको बेलामा कर्मचारीले चेक बुक कसलाई दिन पर्छ भन्ने थाहा नपाउने कर्मचारी कसरी राखियो भोलि चेक बुकको ठाउँमा पैसाको विटो दिन थाले भने के हुन्छ बैंकरलाई उनेको प्रश्न थियो ।
बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले कर्मचारीको वृत्ति विकासमा लगानी गर्न बाम्बार भनेको तर बैंकहरुले भने चेक बुक कसलाई दिन पर्ने थाहा नहुने कर्मचारी राख्ने उनले व्यांग्य गरे ।
एक बाणिज्य बैंकबाट केहि दिन पहिला एक ग्राहकको चेक बुकबाट अर्कै व्यक्ति विभिन्न स्थानबाट करिब ५ लाख रुपैयाँ निकाएको थियो । उक्त घटनामा खातावाला ग्राहकलाई बैंकबाट पैसा लिकाल्नु केहि मिनेट पहिला फोन गरेर म प्रहरी बोले यो फोनमा केहि समस्या छ प्रणालीमा सुधार भएपछि हामी फोन गर्छौ केहि समय फोन अफ गर्नुभन्ने फोन आएपछि ती खातावालाले फोन अफ गरे । करिब आधा घण्टापछि उनले अब त फोन आउछ होला भन्ने अनुमानका आधारमा फोन अन गरे तर फोनमा खरर तीन वटा म्यासेस आयो । त्यो पनि आफ्नो बैंक खाताबाट रकम निकालिएको अनि ती व्यक्ति आत्तिएर बैंक र प्रहरीलाई फोन गरे । त्यो बेलासम्ममा ती व्यक्तिले खाताबाट रकम निकालेर फरार भइसकेका थिए ।
गभर्नर डा. नेपालले यही घटनालाई विहीबार बैंकरहरुकै भेलामा बैंकरहरुलाई नै व्यांग्य गर्दै भनेका हुन ।
प्रतिक्रिया दिनुहोस