aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बाणिज्य बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बाणिज्य बैंक

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंक मर्ज भई आजदेखि एकीकृत कारोबार शुरु गरेका छन् । एकीकृत कारोबारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए ।
मर्जरपछि बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ । त्यस्तै  निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
७७ वटै जिल्लामा ३ सयभन्दा धेरै शाखा, २५९ वटा एटीएम , २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कुल सञ्जाल ८ सय ३८ पुगेका छन् । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस