
काठमाडौं । प्रभु बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । बैंकले कात्तिक २१ गतेदेखि १० वर्षे अवधिको १० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो ।
कुल कित्तामध्ये ४ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत र ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गर्न लागिएको हो ।
२०८६ मा परिपक्क हुने यो ऋणपत्रको प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ रहेको छ । ऋणपत्र न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र खरिद गर्ने छिटोमा कात्तिक २५ गतेको अवधि भए पनि सो अवधिमा माग बमोजिम आवेदन नपरेपछि मंसिर २० गतेसम्म बिक्री खुला भएको हो । बैंकको हाल चुक्ता पँुजी रू. ८ अर्ब २३ करोड ३९ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस