
काठमाडौं । लक्ष्मी लघुवित्तको आठौं वार्षिक साधारण सभा आज हुँदैे छ । सभाले २६.३२ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दै । यस वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत गरी ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
लक्ष्मी बैंकको ७० प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीको चुक्तापूँजी २७ करोड ८३ लाख रहेको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा रू. २१ करोड ३ लाख १२ हजार रहेको छ । असोज मसान्तसम्म ३ करोड १७ लाख ६८ हजार खुद नाफा गरेको छ ।
प्रतिक्रिया दिनुहोस