aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागबेली लघुवित्तले कमायो २ करोडमाथि, नाफा १६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
नागबेली लघुवित्तले कमायो २ करोडमाथि, नाफा १६ प्रतिशतले वृद्धि

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा २ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव ५२ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा १ करोड ८३ लाख कमाएको थियो ।

१६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको नागबेलीले जगेडाकोषमा १० करोड ८४ लाख रुपैयाँ छुटाएको छ । 

नागबेलीले निक्षेपमा ३० करोड २ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २० दशमलव ८५ प्रतिशतले वृद्धि गरी ८१ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । 

नागबेली लघुवित्तको खुद ब्याज आम्दानी ५५ दशमलव २६ प्रतिशतले बढेर ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२ दशमलव ३८ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । 

नागबेली लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४७ दशमलव ९९ गुणा, प्रतिशेयर नेटवर्थ १३९ दशमलव ३३ रुपैयाँ, तरलता अनुपात १७ दशमलव ३१ प्रतिशत, निष्कृय कर्जा ४ दशमलव २८ प्रतिशत र जोखिम युक्त सम्पत्ति ३१ दशमलव ७५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस