
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको मंसिर १९ गते सम्पन्न सञ्चालक समितिको १६९ औं बैठकले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस