
काठमाडौं । मुक्तिनाथ विकास बैंकको अवितरित हकप्रद शेयर लिलामी बाँडफाँड भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको क्रममा बिक्री हुन नसकेको संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर लिलामी प्रक्रियाबाट वितरण गरेको हो ।
संस्थापकतर्फको शेयरका लागि प्रतिशेयर मूल्य १५० दशमलव शून्य सात र सर्वसाधारण समूहतर्फको लागि २९१ रुपैयाँ मूल्य राखी बोलपत्र पेश गर्नेहरुलाई शेयर बाँडफाँट गरिएको हो । यस बाँडफाँटमा नपरेका आवेदकहरुको शेयर वापतको रकम भुक्तानी बैंक खाता उपलब्ध भएकाको हकमा मंसिर २२ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ । बाँडफाँड भएको हकप्रद भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि मात्र कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस