aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डिप्रोक्स लघुवित्तको नाफा ६२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
डिप्रोक्स लघुवित्तको नाफा ६२ प्रतिशतले वृद्धि

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा २८ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६२ दशमलव १५ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा १७ करोड ७५ लाख कमाएको थियो ।

७७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको डिप्रोक्स लघुवित्तले जगेडाकोषमा ६४ करोड २८ लाख रुपैयाँ छुटाएको छ । 

डिप्रोक्सले निक्षेपमा ३ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४२ दशमलव ८५ प्रतिशतले वृद्धि गरी १० अर्ब ६३ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । 

लघुवित्तको खुद ब्याज आम्दानी २८ दशमलव ६३ प्रतिशतले बढेर ५८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६८ दशमलव २६ प्रतिशतले बढेर ३८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ४९ दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव ९७ गुणा, प्रतिशेयर नेटवर्थ १८३ दशमलव ११ रुपैयाँ, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ५८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस