
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमा सञ्चालनमा ल्याएको छ ।
मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको गरेका थिए । बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत उपस्थिति रहेको थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस